Tuesday, November 27, 2018

अहिलेको चर्चित तिन सन्दर्भहरु 2075

१. निर्मला पन्तको बलात्कार पछिको हत्या -

लैंगिक हिम्सा बिरुद्दको १५ दिने अभियान चलिरहेको समयमा यो घटनाको जति नै भर्त्सना गरे पनि कम हुञ्छ ! सामाजिक संजाल सदैभ राम्रो अनि सकारात्मक पक्ष्य को रुपमा प्रायोग गर्दा अझै उचित हुन्थ्यो तर बिडम्बना हामी बिरोध अनि नकारात्मक कुराको प्रबर्धन गर्नको लागि मात्र प्रायोग  गर्दै छौ ! हामी अनि हाम्रो समाज समृद्धिको बाटोमा अघि बढ्नु भन्दा पनि हामी झन् झन् पछाडी धकेलिदै छौ यो सबैमा हामी सबै जिम्मेवार अनि उत्तरदायी छौ ! निरमला को बुवाको हालत बिग्रियो भनेर पोस्ट हरु नकारात्मक तरिकाले सेयर गर्दैमा उनीले न्याय कदापी पाउदिनन ! बरु तेस्को सट्टा हामी सबैले एउटा मध्यस्ताकर्ताको भूमिका खेलेर तथ्य सत्य कुरा बाहिर ल्याउन सक्दो सहयोग अनि आपसी सद्भाबको भूमिका निर्बाह गरौ !

२. रास्ट्रपति (बिद्या देवी भण्डारी ) लाइ १८ करोड को गाडी

 लगभग १००० मात्र अमेरिकी $ प्रति व्यक्ति आम्दानी भएको देशको प्रमुख ले १८ करोडको गाडी चढ्नु आफैमा स्वभनिय हुदैन कदापी हुदैन पनि .तर हामी एक्दुइजना बिसेश्गारी बेरोजगार मान्छेले सामाजिक संजालमा कराउदै गर्दा हाम्रो अनुशासन को सिमा कत्ति छ अनि हाम्रो नैतिकता कतातिर धकेलिदैछ भन्ने कुरा पनि प्रस्ट हुञ्छ !

३. मिस वोर्ल्ड २०१८ मा सहभागी शृंखला खतिवडा

यदि उनि जित्न सफल भईन भने नेपाल को नै शिर उच्च हुनेछ तेसैले उनीलाई सक्ने जति भोट गरौ / गर्न सकिञ्छ साथै जित्न को लागि भोट  मात्र हैन उनको व्यक्तिगत task Performance ले पनि ठुलो भूमिका खेल्नेछ ! जीत को धेरै धेरै सुभकामना !!!

नकारात्मक शैलीले कुनै पनि कुराको प्रचार प्रसार गर्नु भन्दा हरेक शैलीलाई सकारात्मक बाटोमा / ढंगमा प्रस्तुत गर्न सकियो भने हाम्रो समाज टोल अनि गाउ घर नै सकारात्मक बन्ने बाटो बन्न सक्छ ! सहयोग सद्भाव बढ्नु को साथै सामाजिक एकताको आभास पनि हुञ्छ ! तेसैले कुनै पनि कुराको आँखा बन्द गरेर पक्ष्य र बिपक्ष्य मा उत्रिनु भन्दा पहिला स्वयम् मा सहि छु या गलत छु भनेर आत्ममूल्यांकन गर्ने बानि बसालौ !

सबिता शाही 
नेपल्गुन्ज २० बाँके !