Thursday, November 30, 2017

तिम्रो नाममा

तिम्रो आँखामा एउटा अनौठो चाल छ
तिमीलाई देखे देखि मन को सबै बेहाल छ !
आउन चाहन्छु सधैको  लागि तिम्रो सामु
तर समाज,रितिरिवाज को ठुलो पर्खाल छ !!

तिम्रो आँखा देखेपछि आफैलाई बिर्सिन्छु
न त कुनै जातिको पर्खाल, न त कुनै !
धर्म को बन्धन, न त समाज को परिधि
मा यसै प्रफुल्ल बनिदिन्छु !!

यो सबै परिधिलाई छिचोल्दै एउटा सम्बन्धको सुरुवात हुनेछ
अनि पो जिन्दगी अझै खास बन्नेछ !
समुद्र झैँ गहिरो आँखा,स्पस्ट तिम्रा नानी
भित्र एउटा मायाको घर बन्नेछ !!


                                                                                                     २०७४/०८/१४

Saturday, November 4, 2017

जिन्दगी

चक्रभ्यु जस्तै घुमी रहने  जिन्दगी
अनपेक्षित घटना मा नै रुल्मुलिने रहेछ
नाता गोता संगै उल्झिरहने
सोचेको ठिक बिपरित हुने रहेछ जिन्दगी !

नयां तरिकाले परिभाषित गर्न चाहन्थे
तर सबै सोचेको कहाँ हुने रहेछ र
अनि #Sacrifice र #Compromise को नाम दिदै
जिउन थालिने कहानी रहेछ जिन्दगी !!

माया गर्यो भरोसा दिलायो आधि बाटो मा नै छुट्ने खेल रहेछ
आफु माथि पुग्न लाईअरुको खुट्टाको चाल रोक्ने सड्यन्त्र रहेछ जिन्दगी 
सबै थाहा पाएर नयां  तरिकाले जिउने प्रयाश गर्दैछु
आफ्ना लाई पाखा र अरुलाई काखा मान्दै बस्नु पर्ने खेल रहेछ जिन्दगी !!!


                                                                                  सबिता शाही
                                                                               बी.स. २०७४/०७/१९