चक्रभ्यु जस्तै घुमी रहने जिन्दगी
अनपेक्षित घटना मा नै रुल्मुलिने रहेछ
नाता गोता संगै उल्झिरहने
सोचेको ठिक बिपरित हुने रहेछ जिन्दगी !
नयां तरिकाले परिभाषित गर्न चाहन्थे
तर सबै सोचेको कहाँ हुने रहेछ र
अनि #Sacrifice र #Compromise को नाम दिदै
जिउन थालिने कहानी रहेछ जिन्दगी !!
माया गर्यो भरोसा दिलायो आधि बाटो मा नै छुट्ने खेल रहेछ
आफु माथि पुग्न लाईअरुको खुट्टाको चाल रोक्ने सड्यन्त्र रहेछ जिन्दगी
सबै थाहा पाएर नयां तरिकाले जिउने प्रयाश गर्दैछु
आफ्ना लाई पाखा र अरुलाई काखा मान्दै बस्नु पर्ने खेल रहेछ जिन्दगी !!!
सबिता शाही
बी.स. २०७४/०७/१९
No comments:
Post a Comment