Monday, April 23, 2018

मैले नजिक बाट चिनेको कर्णालीका ठकुरीको वास्तविक अवस्था



कर्णाली(पहिलेको अञ्चल) बिसेष गरि नेपाली भाषा सभ्यताको उद्गम स्थल र ठकुरीको पुरानो राज्य पनि हो ! सौभाग्य पूर्ण मेरो जन्म स्थल कर्णाली भित्र पर्ने हुम्ला जिल्लामा पर्दछ! कमै भए पनि कर्णालीलाई नजिक बाट चिनेकी छु ! हामी सबैले देखेको कर्णाली र त्यता को बास्तबिकता मा यहाँ थोरै रुपमा प्रस्तुत गर्न गैरहेकी छु ! कर्णाली भाषा संस्कृतिको उदगम स्थान भए पनि बिकसित रुप भने पूर्व बाट हुदै आएको प्रति हामी सबै सर्बबिबिधत नै छौ ! प्रकृति स्रोत र मन को धनि भएको क्षेत्र हो कर्णाली ! त्यहि मन धनि भएको मान्छे हरुमा कर्णालीको ठकुरीहरू पनि पर्दछन !

१. मानबिय विकास - कर्णालीमा हामीले सोचेको जस्तो उच्च किसिमको अनि सुनेको जस्तो अति नै कम बिकसित रुप हामीले देख्न पाउदैनौ ! ठकुरी हरुको वर्ग लाइ तिन किसिमले बर्गिकरण गरेर हेर्दा हुने खाने र हुदा खाने भन्दा मध्यम बर्गको ठकुरीको बाहुल्यता रहेको छ! शिक्षा ,रोजगारको अवस्था देखे सुने जस्तो तेस्तो दयनिय पनि छैन तर त्यस्तो पहुँच पनि पुगेको छैन ! छोरीहरुलाई बिद्यालय पठाएर पढाउनु पर्छ भन्ने धारणाले प्रत्येक घरको छोरीहरु पढ्न गएको द्रिस्य हामीले देख्न पाउँछौ! (धेरै जस्तो )!

२. आर्थिक अवस्था -सबैको नजरमा पिछडिएको अनि गरिब अञ्चल कर्णाली पर्ने गरेको छ! तर यो सबै बास्तबिकता नरहेको स्पस्ट छ! कर्णालीको जनताले हेलोकोप्टर या प्लेन  ले बोकेको चामलले मात्र गुजारा गर्छन भन्ने कुरा पूर्ण रुपमा सत्य छैन ! आफ्नो कमाइले आत्म निर्भर रहेको कुरा प्रस्ट देख्न पाइञ्छ! यो कुरा सत्य हो  कर्णालीको कतिपय जिल्लामा (हुम्ला ) अझै राष्ट्रिय राजमार्गको दुरी पुग्न सकेको छैन जसले गर्दा आवत जावत मा सास्ती भोग्नु पर्ने अवस्था छ !

३. रितिरिवाज र  संस्कार - बिशेस गरि ठकुरी समुदायमा हाम्रो उच्च स्तरको भाषा, संस्कार को बाहुल्यता नरहेको अवस्था छ ! केहि ठुलो हुने खाने घराना बाहेक कर्णालीको ठकुरी हरुले लगभग बिदा नै गरिसकेको अवस्था छ,जुन हामीले बचाउनु पर्नेछ ! बिसेस गरि सुदुर-पस्चिममा रहेको छाउपडी प्रथा कर्णालीमा पनि प्रचुर मात्रामा रहेको छ (ठकुरी समुदायमा पनि) ! अरु लवाई खुवाई उच्च स्तरको रहेको छ (कहिँ कतै  बाहेक) !ठकुरी समुदायको युवा बर्गलाई मैया साहेब अनि बाबुसाहेब भनिने चलन रहेको छ ! ( भनिएको तल्लो जतिको बर्गले उमेरको कुनै ख्याल नगरी हामीलाई ढोग दिने चलन रहेको छ ! ) 

ठकुरी हेरिटज को जन्म पनि मानबिय विकास र आर्थिक समृद्धि (प्रमुख एक लक्ष्य) राखेर नै भएको छ, बिशेष गरि यसरि पछि परेको ठकुरी वर्गहरुलाई लक्षित गरेर अघि बढ्नु पर्ने जिम्मेवारी हाम्रो काधमा आएको छ !




सबिता शाही
संचालक (सचिब)
ठकुरी हेरिटज परिवार       


Wednesday, April 4, 2018

हरेक दिन अचेल

हरेक दिन अचेल सोच्छु अनि आभास गर्छु,

तिमि जो थियौ त्यो नरहेको 
मा जो थिए त्यो नभएको 
बोलीले मात्र देखाइने बाटो अंगाल्दै गरेको 
साच्चिकै बिना स्वार्थको आत्मियता हराएको 

अझै पनि पछि पर्दैनौ,

ठुला ठुला आत्मबिस्वाशी गफ छाट्न 
आफ्नो मात्र कानले  सुनेको भरमा शंका गर्न 
स्वार्थी दुनियाको पछि लाग्न
आत्मा rakshyako नाम मा अरुको भावनाको खेलबाड गर्न 

तिम्रो सल्लाह मान्न पर्ने आसय राख्छौ,

तर तिमि आफैमा अडिग छैनौ 
अहिले के गर्ने र पछि क गर्ने थाहा paudainau 
समय अनुसार आफुलाई  Sringarna  सक्दैनौ 
समाज, गाउँ घरको परिबर्तन गर्ने ठुलो कुरा गर्छौ

मलाई साच्चै पत्यार लाग्दैन,
तिम्रो  म प्रतिको  गहिरो भावनाको कुरा 
प्रत्येक  पलमा साथ  निभाउने कुरा 

झन् झन् गाह्रो हुञ्छ,
पत्यार लाग्दैन यहाँ 
आफ्नो,तिम्रो या कसैको ,,,, !!!


2074-12-21
Buddhanagar