Wednesday, April 4, 2018

हरेक दिन अचेल

हरेक दिन अचेल सोच्छु अनि आभास गर्छु,

तिमि जो थियौ त्यो नरहेको 
मा जो थिए त्यो नभएको 
बोलीले मात्र देखाइने बाटो अंगाल्दै गरेको 
साच्चिकै बिना स्वार्थको आत्मियता हराएको 

अझै पनि पछि पर्दैनौ,

ठुला ठुला आत्मबिस्वाशी गफ छाट्न 
आफ्नो मात्र कानले  सुनेको भरमा शंका गर्न 
स्वार्थी दुनियाको पछि लाग्न
आत्मा rakshyako नाम मा अरुको भावनाको खेलबाड गर्न 

तिम्रो सल्लाह मान्न पर्ने आसय राख्छौ,

तर तिमि आफैमा अडिग छैनौ 
अहिले के गर्ने र पछि क गर्ने थाहा paudainau 
समय अनुसार आफुलाई  Sringarna  सक्दैनौ 
समाज, गाउँ घरको परिबर्तन गर्ने ठुलो कुरा गर्छौ

मलाई साच्चै पत्यार लाग्दैन,
तिम्रो  म प्रतिको  गहिरो भावनाको कुरा 
प्रत्येक  पलमा साथ  निभाउने कुरा 

झन् झन् गाह्रो हुञ्छ,
पत्यार लाग्दैन यहाँ 
आफ्नो,तिम्रो या कसैको ,,,, !!!


2074-12-21
Buddhanagar


No comments:

Post a Comment